इरानलाई हातहतियार विक्री गर्न बन्द गर्ने रुसी राष्ट्रपतिको आदेश

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले हिजो उजवेकिस्तानको राजधानी ताशकेन्तमा बोल्दै इरान समस्यासम्बन्धी संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको नयाँ निर्णयबमोजिम रुसका राष्ट्रपति मेदभेदेभले इरानलाई विक्री गर्न बन्द गर्ने हातहतियारको नामावली सार्वजनिक गर्ने कुरा व्यक्त गरेका छन्।

      मेदभेदेभका साथ ताशकेन्तमा आयोजित शाँग हाइ सहयोग संगठनको सदस्य मुलुकका राष्ट्रानायक परिषदको दशौँ सम्मेलनमा भाग लिँदै श्री लाभरोभले उक्त कुरा व्यक्त गरेका हुन्।

      संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले नौ तारिखका दिन इरान समस्यासम्बन्धी नं. 1929 निर्णय-प्रस्ताब पारित गरेको थियो। सन् 2006 देखि यता इरानमाथि गरेको चौथो चरणको नाकाबन्दी हुने निर्णय उक्त पत्रमा जनाइएको छ। उक्त पत्रका अनुसार, विभिन्न मुलुकले इरानलाई ट्याङ्क, लडाकू विमान र सैनिक जहाज आदि ठूलो हातहतियार विक्री गर्न प्रतिबन्ध गरिएको छ।