प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ अर्घाखाँचीको आयोजनामा बाख्रापालन सम्बन्धि एकदिने घुम्ती स्थलगत तालिम सम्पन्न

माधव खनाल ,१० भदौ ,अर्घाखाँची 
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ अर्घाखाँचीको आयोजनामा आर्थिक वर्ष २०७९/८० को स्वीकृत वाषिर्क कार्यक्रम अनुसार बाख्रापालन तथा ब्यबस्थापन सम्बन्धि एकदिने स्थलगत घुम्ती तालिम शुक्रबार भुमिकास्थान नगरपालिका वार्ड न १ को बालशिक्षा माध्यमिक विधालय साम्नेगाउँमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ अर्घाखाँचीको आयोजनामा बाख्रापालन सम्बन्धि एकदिने घुम्ती स्थलगत तालिम सम्पन्न
घुम्ती तालिमको उद्घाटन भुमिकास्थान नगरपालिका वार्ड न १ का सदस्य मेघराज खनालले गर्नुभएको थियो । तालिममा परियोजना कार्यालय प्रमुख रामनाथ पाण्डे प्रशिक्षक द्वय  प्रमोद भट्टराई मनिष महतराले कसरी व्यबस्थित रूपमा  बाख्रापालन  गर्न सकिन्छ र बाख्रापालन गर्दा किसानहरुले ध्यान दिनुपर्ने कुरामा प्रशिक्षण  दिनुभएको थियो । 
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ अर्घाखाँचीको आयोजनामा बाख्रापालन सम्बन्धि एकदिने घुम्ती स्थलगत तालिम सम्पन्न
उक्त कार्यक्रममा जम्मा तीस जना प्रशिक्षार्थिको सहभागिता रहेको थियो जसमध्ये सात महिला र तेईस  पुरुष कृषकहरु रहेका थिए।
सोही तालिमको अवसरमा तालिम सम्पन्न पश्चात् करिव एकहजार बाख्रालाइ बाहिरी तथा भित्री बाख्राका प्रजिवीहरुको लागि औषधि समेत वितरण गरिएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ अर्घाखाँचीको आयोजनामा बाख्रापालन सम्बन्धि एकदिने घुम्ती स्थलगत तालिम सम्पन्न
कार्यक्रम परियोजना कार्यालय प्रमुख रामनाथ पाण्डेको अध्यक्षता र प्रमोद भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु