सुभाष ज्ञवाली
छत्रदेब -१ , चिदिका अर्घाखाँची
हाल – काठमाडौं
म आफू पुरुष भए पनि मेरो सबैभन्दा मनपर्ने पर्व तीज हो तर पछिल्लो समय तिज मनाउने तरीका देख्दा केही खल्लो महसुस गर्दछु ।तिज भन्ने बित्तिकै अनावश्यक भोजभतेर गर्ने ,आफ्नो प्राकृतिक अनुहार लाई मेकअप को नाममा कुरुप बनाउने र गहना प्रदर्शन गर्ने माध्यम बनाउदै आएको देखिन्छ, जसमा मेरो पुर्ण असहमत छ ।
हिजाेको दिनमा दिदिबहिनी भेट् भएर दुख सुखका कुरा गर्ने आफ्नो माइतीघरको सम्झना गर्ने माध्यमको रुपमा तिज मनाउने गरिन्थ्यो तर आधुनिकताको नाममा भित्रीएको रबाफ तिजको अस्तित्व भित्र समेटिन सक्दैन जस्तो लाग्छ ।तिजको कार्यक्रममा सबैभन्दा प्रमुख चासोको बिषय गहना प्रदर्शन हुनु दुखद कुरा हो ।
यदि साच्चिकै समय बदलिएको हो भने अबको तिज हुनेखानेहरु जम्मा भएर हैन हुदा खानेहरु सङ्ग मनाएर समय सङ्ग अगाडी बढनु आबश्यक छ ।तिजमा गहना नलगाउने बित्तिकै नभएर वा गरिबीको कारण भनेर मुल्यांकन गर्ने हाम्रो समाज त्यो गहना नलगाउने नारीको चाहना केमा छ भन्ने कुराको अध्ययन गर्न आबश्यक छ ।
गहना नभएर तथा किन्ने हैसियत नभएर मात्र हैन लगाउने इच्छा नहुन पनि सक्छ जे जसो भएपनी सम्पुर्ण नेपाली महिला दिदिबहिनी हरुमा आत्मीय तिज बिशेष असिम शुभकामना ब्यक्त गर्दै लेखनमा केही कमजोरी भए आगामी लेखनमा सच्याउने प्रतिबद्धता सहित ।