वीरेन्द्र केसी
अर्घाखाँची -जिल्लाको डोहोटेमा सिमेट उद्योग स्थानपा हुने भएको छ । नरपानीमा चुनढुङ्गा उत्खनन गरी कपिलवस्तुको चन्द्रौटाको वीरपुरमा देउराली सिमेन्ट उत्पादन गर्दै आएको डाईनेष्टिक ईन्डष्टिज प्रालिले जिल्लामै उद्योग स्थापना गर्न लागेको छ ।
२०६१ सालदेखि दैनिक १ सय ८० मेटि्रक्टन चुनढुङ्गा उत्खनन गर्दै आएको कम्पनीले डोहोटेमा उद्योग साचालन गर्न आगामी आर्थिक वर्ष १ हजार ५ सय मेटिक्टन उत्खनन गर्ने जनाएको छ । २०५१ सालमा जिल्लामै उद्योग स्थापना गर्ने सहमतीमा ४० वर्षको लागि नरपानीमा चुनढुङ्गा उत्खनन गर्ने सम्झौता भएपनि कपिलवस्तुमा उद्योग स्थापना गरेपछि लामो समयसम्म विवादित हुदै आएको थियो ।
डोहेटेमा चुनढुङ्गा उद्योग साचालन गर्नको लागि डोहेटेको ढुगेमा १ सय १० रोपनी जग्गा खरिद गरेको डाईनेष्टिकका व्यवस्थापक महेन्द्र रावलले बताए । उनका अनुसार उद्योग साचालन स्थलमा विद्युत लाईन पुर् याउने विषयमा छलफल भईरहेकाले विद्युत विस्तार हुनासाथ उद्योग स्थापना हुने कार्य अगाडी बढने छ । हालको अवस्थालामा प्रतिदिन २५ वटा टिप्परबाट ढुवानी गर्ने जनाएको छ ।
डाईनेष्टिक कम्पनीले चुनढुगा उत्खनन गर्दा आईपर्ने समस्या र त्यसको समाधानको उपायका बारेमा प्रभावित स्थानीय बासिन्दाहरुसँग छलफल समेत गरेको छ । कम्पनीले नरपानी अडगुरी खाँचीकोट ठाडा र सीतापुर गाविस गाविसमा उद्योग साचालन गर्दा पर्ने असरबारे पनि स्थानीसयँ अन्तरकि्रया गरेको छ ।
स्थानीय बासिन्दाहरुले चुनढुङ्गा उत्खनन तीब्र पार्दा पानीको मुहान सुक्दै वातावरणीय पर्यावरणमा असर पर्न सक्ने खानी आसपासका क्षेत्रमा दुर्घटना हुन सक्ने गोरुसिगे सन्धिखर्क सडकमा ठुलो सख्यामा लोड गाडीहरु साचालन गर्दा सडक बिग्रन सक्ने तर्फ ध्यान दिन उद्येागलाई सुझाव दिएका थिए ।
वातावरण विद् रत्ना तिमि_िल्सना र सुमन अर्यालले वातावरण प्रदुषण प्रति ध्यान पुयाउन कम्पनीलाई आग्रह गरेका थिए । कम्पनीको हाल जिल्ला विकास समितिलाई प्रति टिप्पर ६० रुपैयाँका दरले रोयल्टी बुझाउँदै आएको जनाएको छ ।