युगदर्शन डटकम आजबाट तेस्रो वर्ष पुरा गरी चौँथो वर्षमा प्रवेश गरेको छ । विस. २०७६ असोज ७ गतेदेखि युगदर्शन डटकम नियमित रुपमा प्रकाशन हुँदै आएको छ ।
१४ वर्षअघि २०६६ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर त्रैमासिक बुलेटिन प्रकाशन सुरु गरेको युगदर्शनले २०७६ सालदेखि साप्ताहिक पत्रिकासँगै डिजिटल प्रकाशन सुरु गरेको हो ।
युगज्योति प्रकाशन प्रालिअन्तर्गत हामीले साप्ताहिकसँगै अनलाइनको प्रकाशन पनि सुरु गरेका थियाे ।
वैचारिक पत्रिकाको रुपमा युगदर्शनले समुन्नत समाज निर्माणको विचारलाई आत्मसात गर्दछ । त्यो सँगै राजनीतिक, आर्थिक, सामाजिक, वैदेशिकलगायतका समाचारलाई सत्य र सन्तुलित ढंगले पाठकमाझ पस्कने युगदर्शनकाे प्रयत्न रहँदै आएको छ ।
युगदर्शनले स्वदेशमा मात्र नभएर संसारभर छरिएका मजदुर, किसान एवम् गरिखाने वर्गको पक्षमा आफूलाई उभ्याउँदै आएको छ । प्रवासमा कष्टपूर्ण जीवन बिताइरहेका नेपालीको यथार्थ चित्रणसँगै संघर्ष र सफतालाई पनि युगदर्शनले पाठकमाझ उभ्याउँदै आएको छ ।
युगदर्शन छोटो समयमै खोजिने अनलाइन बन्न पुगेको छ । स्पष्ट र सन्तुलित राजनीतिक विष्लेषणका लागि आम पाठकवृत्तमा युगदर्शनको खोजी हुने गरेको छ । युगदर्शनले क्रान्तिकारी राजनीतिक विचारलाई आत्मसात गर्दै सत्य सन्तुलित लेख रचनालाई प्राथमिकता दिने गरेको छ भने गलत विचारको भण्डाफोर गर्दै आइरहेको छ ।
गरिखाने वर्गका पक्षमा निरन्तर आवाज उठाउँदै आएको युगदर्शन चौँथो वर्ष प्रवेशका अवसरमा सम्पूर्ण युगर्दन परिवार, देश विदेशमा रहेका पाठक, विज्ञापनदाता एवम् शुभचिन्तकप्रति शुभकामना व्यक्त समेत गरेको छ।