अरब लीगका महासचिव अमर मुसाले आज गाजाको छोटो भ्रमण गर्नुभएको छ। सो अवसरमा उहाँले गाजा क्षेत्रको नाकाबन्दीलाई रद्द गर्न आव्हान गर्नुका साथै प्यालेष्टाइनका विभिन्न पक्षसँग यथाशिघ्र मेलमिलाप गर्न आग्रह गर्नुभएको छ।
श्री मुसाले गाजाको एक दिने भ्रमण गर्न आज इजिप्टसँग जोडिएको द राफाह क्रोसिनमार्फत गाजामा प्रवेश गर्नुभएको हो। सन 2007 मा इजरायलले गाजामाथि गम्भीर नाकाबन्दी लगाएपछि त्यहाँको भ्रमण गर्नुभएको श्री मुसा अरबेली संगठनका सर्वोच्च नेता हुनुहुन्छ।