ज्योती लाइफ इन्स्योरेन्सद्वारा बिमा दावी रकम भुक्तानी ।


– अर्घाखाँची डटकम संवादाता
  ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितका परिवारलाई ५ लाख १२ हजार बराबरको बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको अर्घाखाँची शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम चेक हस्तान्तरण गरेको हो ।
 ज्योती लाइफ इन्स्योरेन्सद्वारा बिमा दावी रकम भुक्तानी ।
कम्पनीले पाणीनी गाउँपालिका वडा नं.५ बस्ने बीमित राम प्रसाद घिमिरेको बुबा प्रेम नारायण घिमिरे लाइ ५ लाख १२ हजार सात सय पचपन्न रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
 बिमित राम प्रसाद घिमिरे अचानक बिरामी भै उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो। घिमिरेको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको डाक्टरहरुले घोषणा गरेका थिए ।
 ज्योती लाइफ इन्स्योरेन्सद्वारा बिमा दावी रकम भुक्तानी ।
उक्त चेक अर्घाखाँची शाखाका शाखा प्रमुख कृष्ण प्रसाद खनाल र Sales Executive सुरज रायमाझीले हस्तान्तरण गर्नु भएको थियो ।