-अर्घाखाची डट्कम, सम्बाददाता ।
अर्घाखाँची :सन्धिखर्क नगरपालिका वार्ड नं -९ बैशाखका रुख भन्ने ठाउँमा रहेको सिचाई पोखरिमा परेर २७ वटा बादर पोखरिमा डुबेर मरेका छन।
जिल्ला वन कार्यालय अर्घाखाँचीका फरेस्टर दिपक पान्डेको नेतृत्वमा गएको टोलिले बादर पोखरिमा किन कसरी गए, किन पोखरिमा मरे भन्ने बारे स्थानीय संग जानकारी लिदा पानी खान गएका र पोखरी ठूलो भएको कारणले बाहिर आउने अवस्था नभएको कारणले गर्दा मरेको हुन सक्ने स्थानियहरुले जानकारी दिए।
सबै डुबेर मरेका बादरलाई प्रहरी ,जनप्रतिनिधि, स्थानीयबासी, जिल्ला वन कार्यालयबाट खटिएका कर्मचारी मिलेर निकाली खाल्डो खनी पुरिएको सनपा-९ का वार्ड सदस्य उक्त पोखरिका सचिब समेत रहेका नारायण बहादुर रायमाझीले बताए।