राष्ट्र संघीय उच्चायुक्तद्बारा नागरिक बेपत्ता पार्नेलाई कारवाही गरेर न्यायको शासन स्थापित गर्नुपर्नेमा जोड

संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्तको नेपाल कार्यालयका प्रमुख रिचर्ड बेनेटले नागरिक बेपत्ता पार्नेलाई कारवाही गरेर न्यायको शासन स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ।


उहाँले विना कुनै राजनीतिक, धार्मिक र जातीय आधारमा कसैलाई पनि भेदभाव गर्न नहुने बताउनुभयो। राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजले काठमाडौंमा गरेको अन्तरक्रियामा उहाँले यस्तो बताउनु भएको हो। कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका महासचिव इश्वर पोखरेल लगायतको सहभागिता थियो।


समाजले सशस्त्र द्वन्द्वको समयमा राज्यले १०७७ जना बेपत्ता बनाएको जनाएको छ। सबैभन्दा बढी बर्दियामा १९८ जना, कञ्चनपुरमा ८३ जना, बाँकेमा ७६ र रोल्पामा ६५ जना बेपत्ता बनाइएको समाजले जनाएको छ।