निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आज, यस्ताे छ कार्यतालिका(सूचीसहित)

काठमाडाैँ – आगामी मंसिर ४ गतेकाे लागि तय भएकाे प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फकाे उम्मेदवारी दर्ता आज हुँदैछ।
निर्वाचन आयाेग नेपालका अनुसार असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
आयाेगका अनुसार आजै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने छ ।
यस्तै, भाेली असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको आयाेगले जनाएकाे छ ।
यस्ताे छ उम्मेदवारी दर्ताको कार्यतालिका:
निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आज, यस्ताे छ कार्यतालिका(सूचीसहित)