अनिल नेपाली
अर्घाखाँची
अर्घाखाँचीमा ४ जनाले उम्मेदबारी फिर्ता लिएका छन् सरकारले निर्बाचनको घोषणा गरे सगै अर्घाखाँचीको प्रदेश १ क मा उम्मेदबारी दिएका नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्लाका सह ईन्चार्ज ठाकुर कुमार विकले उम्मेदबारी फिर्ता लिएका छन् ।
सो क्षेत्रमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसी गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।निर्वाचन आयोगले नाम फिर्ताका लागि आजको समय तोकेको थियो । आयोगले तोकेकै समय सीमामा उनले नाम फिर्ता गरेका हुन् ।अर्घाखाँचीको प्रदेश १ [क ] मा सागर केसी ,प्रदेश १ (ख)मा प्रदेश सभाको कमल प्रसाद भुसाल उम्मेदबार रहेका छन् । भने प्रतिनिधिसभा पुष्षा भुसाल उम्मेदबार रहनु भएको छ ।
आज नै स्वतन्त्र उम्मेदवार प्रदेश ख मा महेश पन्थ,सघमा पशुपति ढकाल स्वतन्त्र र राजमोबाट प्रदेश ख बाट जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । यो सगै अर्घाखाँचीमा गठबन्धन चुनाबमा होमिएको छ । यो सगै अर्घाखाँचीमा चुनावी अन्क गणित शुरु भएको मान्न सकिन्छ।
केसी जिल्लाका कुटिल र पुराना कम्युनिस्ट नेताको रुपमा छवि बनाइसकेका छन् भने भुसाल सन्धिखर्क नगरपालिका सस्थापक नगर प्रमुख र नेपाली काग्रेसको पुर्ब जिल्ला सभापति हुन् ।
प्रतिनिधिसभाका लागि उम्मेदबारी दिएका भुसाल पुर्ब उपसभाभुख काग्रेस केन्द्रिय सदस्य हुन् गठबन्धनले उम्मेदबारी टुग्गाए सगै जिल्लामा नेकपा एमालेका केन्द्रिय सचिब पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी केन्द्रिय सदस्य चेतनारायण आचार्य प्रदेश सचिबालय सभासद रामजी प्रसाद घिमिरे बिच प्रतिस्पर्धा हुने भएको छ।
आचार्य लुम्विनी प्रदेशका पुर्ब आन्तरिक मामिला तथा कानुन मन्त्री हुुन् भने घिमिरे निबर्तमान लुम्विनी प्रदेशका सभासद हुन्