– भिम विश्वकर्मा
अर्घाखाँची । अर्घाखाँचीमा डेंगु संक्रमितको संख्या ६ सय ५ पुगेको छ ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीको तथ्याङ्क अनुसार जिल्लामा हाल सम्म ६ सय ५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ सय १६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । हालसम्म स्क्रब टाइफसका कारण भुमिकास्थान नगरपालिकाका २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बिजय बरालले जानकारी दिए ।
संक्रमित हुनेमा सबैभन्दा बढी सन्धिखर्क नगरपालिका रहेका छन् । सन्धिखर्कमा ४ सय ५ जना डेंगुका र १ सय ४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । यस्तै सबैभन्दा कम संक्रमित सितगंगा
नगरपालिकाका छन् । सितगंगामामा स्क्रब टाइफस ३ जना संक्रमित छन भने डेंगुका संक्रमित छैनन् ।