– सागर महत
अर्घाखाँची । अर्घाखाँचीमा लगातार सात दिनसम्म परेको वर्षाका कारण जिल्लाभरमा एक सय २० घरमा क्षति पुगेको छ । यस्तै खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सन्धिखर्कमा १० वर्षीय बालक समिर पौडेल र छत्रदेवमा ६५ वर्षीय धनबहादुर घर्तीको रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पहिराकोे उच्च जोखिममा रहेका र घरमा क्षति भएका १ सय ११ घर परिवार विद्यालय र प्रतिक्षालयमा बसेका छन् । सबैभन्दा बढी सन्धिखर्क नगरपालिकाको भुजुंगेका ४१ घर परिवार आफन्त, विद्यालय र प्रतिक्षालयमा बसेका छन् ।
यस्तै जिल्लाभरमा २० वटा घर बस्नै नमिल्ने गरि भत्किएकोे जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो ।