-अनिल नेपाली ,अर्घाखाची /अर्घाखाची डट्कम।
राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिपराज उदयले नेपालका ठुला पार्टिका नेताले देशलाई लुटेर कङ्गाल बनाउन लागेको आरोप लगाएका छन ।
अर्घाखाँचीको सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै अध्यक्ष उदयले बाईसे चौबिसे राज्यलाई एक बनाई सिङ्गो देश निर्माणमा अमुल्य योगदान राजालाई शासन सत्ताबाट हटाई देशलाई गरिबी तर्फ लगेको बताए ।
साथै नेता उदयले ठुला दलहरुले देशका लागि केही गर्न नसकेकाले नेपाली जनताले दलको विकल्प खोज्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रोज्ने बताए ।
देशलाई बचाउने एक मात्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी भएकाले सबैले हलो चिन्हमा मतदान आग्रह समेत गरे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार होमनारायण बेल्बासेले तीन/तीन पटक अर्घाखाँचीबाट गर्दै सम्सदमा पुगेर जिल्लाको विकासमा सिन्को भाच्न नसकेकाले अब राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नरहेको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार झबिन्द्र फुल्लेल, चेत बहादुर पौडेल, पार्टिका लुम्बिनी प्रदेश सदस्य प्रकाश परियार लागयतले मन्तव्य राखेका थिए ।
कार्यक्रम अर्घाखाँची अध्यक्ष दिपाक कुवरको अध्यक्षता, सम्सोदन मियाँको स्वागत मन्तव्य र प्रवक्ता बिनोद आचार्यको सन्चालनमा सम्पन्न भएको हो ।