– डिआरजी सुमन / पणेना,अर्घाखाँची ।
पाणिनि गाँउ पालिका वडा नं १ पणेना स्थित कैलास डाडामा रहेको शिवशक्तिआश्रममा अश्विन २५ देखी ३१ सम्म २२ औँ व्रह्म वैवत् महापुराण धार्मिक अनुष्ठान संचालन भएको छ ।
देशकै सयौँ पर्यटकीय गन्तव्य मध्येको एक स्थल महर्षि पाणिनि तपोभूमि को काखमा रहेको शिव शक्ति कैलाल आश्रममा प्रत्येक वर्ष हुने पुराणहरु र धार्मिकअनुष्ठान हुने गरेको भएता पनि विगतका दुई वर्षमा कोरोना कहरको कारण स्थगित गरिएका कार्यक्रम यस वर्ष देखी पुनः संचालन गरिएको छ ।
शिव शक्ति आश्रम कैलाश डाडामा संचालित २२ औँ व्रह्म वैव्रत महापुराण धार्मिकअनुष्ठानको चौथो दिन सम्म २५०० जनाले भ्रमण गरेको शिव शक्ति आश्रम मन्दिर व्यवस्थापन समितीका चिरन्जीवी पौडेलले जानकारी गराउनु भएको छ ।
एक हप्ता सम्म संचालन हुने २२ औँ व्रह्म वैव्रत महापुराण धार्मिक अनुष्ठान संचालन भएको चौथो दिन शुक्रवारका दिन पाणिनि गाँउ पालिका स्थित नेपाल राष्ट्रीय मावी, सरस्वती मावी, सत्यटारी आधारभूत विद्यालय र पाणिनि आधारभूत विद्यालय पणेनाका विद्यार्थी तथा शिक्षक सहितको उपस्थित रहेको सरस्वती मावी का प्रधानाध्यापक गोहेन्द्र भट्टराईले जानकारी गराउनु भएको छ ।
सार्वजनिक विदाको दिन भएकोले शनिवार श्रद्धालुहरुको उल्लेखनीय उपस्थित हुने संभावना रहेको जनाउदै सोही वमोजिम आयोजकले तयारी पत्रकार चन्द्रमणी भट्टराईले जानकारी गराउनु भएको छ । यसैगरी आईतवार हरिहर मावी पोखराथोकको उपस्थित रहने वताईएको छ । पाणिनि गाँउपालिका स्थित सवै विद्यालय,सरकारी कार्यालय तथा निजी क्षेत्रमा पत्राचार भएकोले कार्यक्रम अवधिभर उल्लेखनीय उपस्थितको संभावना देखिएको छ ।
पाणिनि गाँउ पालिकाको सुन्तला पकड़ क्षेत्र सिम्लेको सुन्तला वगैचाको दृश्यावलोकन सहित यस स्थान कै संभवत एकमात्र कमल पोखरीको सौन्दर्यता रहेको कैलास डाडामा सयौँ प्रकारका फलफुल,जडिवुटी ,रुद्राक्षका विरुवा भएकैकारण पनि आन्तरिक तथा वाह्य पर्यटकका लागी आकर्षण वनेको छ ।
यस पटक २५,००० पच्चीस हज़ार वढी धार्मिक पर्यटकले दर्शन गर्न सक्ने अनुमानगरिएको शिवशक्ति कैलाश आश्रमका पुजारी भाष्कर पौडेलले स्वतन्त्र पत्रकार डिआरजी सुमन सँग वताउनु भएको छ । शिव शक्ति आश्रममा संचालित सप्ताहमा लक्ष्मी नारायण मरासीनीको मुखार विंदवाट कथा,पारायण तथा प्रवचन भएको छ ।
पाणिनि गाँउ पालिका १ पणेना स्थित कैलाश आश्रममा संचालित २२ औँ व्रह्मवैव्रत महापुराण धार्मिक अनुष्ठान कार्यक्रम आगामी अश्विन ३१ गते विधिवत्रुपमा समापन गरिने आयोजकले जनाएको छ ।