रुसी राष्ट्रपतिद्बारा किर्गिजस्तानको घटनालाई पुनः सामान्य पार्न आव्हान

                   रुसी राष्ट्रपतिका प्रेस सचिव नाटालिया टिमोकोभाले हिजो बोल्दै रुसी राष्ट्रपति दमिट्री मेदभेदेभ र किर्गिजस्तानका अन्तरिम सरकारका राष्ट्रपति रोजा वटुन्बाएभाबीच हिजो टेलिफोन वार्ता भयो। सो अवसरमा रुसी राष्ट्रपति मेदभेदेभले किर्गिजस्तानमा फेरि भड्केको घटनालाई यथाशिघ्र पुनः सामान्य पारी जातिय भिडन्तलाई तुरुन्तै अन्त्य गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

                 थाहा भएअनुसार उक्त टेलिफोन वार्तामा किर्गिजस्तानका राष्ट्रपति वटुन्बाएभाले रुसी राष्ट्रपति मेदभेदेभलाई आफ्नो देशको परिस्थितिबारे जानकारी दिनुभएको छ। प्रत्युत्तरमा श्री मेदभेदेभले किर्गिजस्तानले सकेसम्म पुनः सामान्य पारी हताहत हुनसक्ने जातिय भिडन्तलाई छिटै नै अन्त्य गरेर मानवतावादी समस्याको समाधान गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।