पाणिनिको दुर्गाफाँटमा वृहत सांस्कृतिक कार्यक्रम तथा एमालेको चुनावी सभा सम्पन्न ।

पाणिनिको दुर्गाफाँटमा वृहत सांस्कृतिक कार्यक्रम तथा एमालेको चुनावी सभा सम्पन्न ।





-डिआरजी सुमन 

दुर्गाफाँट शनिवार १९ कार्तिक २०७९ । अर्घाखाँची । राष्ट्रीय युवासंघ पाणिनि पालिका कमिटी द्वारा आयोजित एकदिने वृहतसांस्कृतिक कार्यक्रम तथा चुनावी सभा पाणिनि गाँउ पालिका को केन्द्र दुर्गाफाँट स्थित वरकारुख खेल मैदानमा सम्पन्न भएको छ । 


पाणिनिको दुर्गाफाँटमा वृहत सांस्कृतिक कार्यक्रम तथा एमालेको चुनावी सभा सम्पन्न ।


राष्ट्रीय लोक गायक वद्री पंगेनी, चर्चित गायिका पुर्णकला विसी,पुरुषोत्तम भण्डारी पुर्खेवाँ,वसन्त लम्साल,रेनुका भट्टराईको प्रस्तुतिरहेको कार्यक्रममा कलाकारले एमालेका नेताको निर्वाचन चिन्ह र उमेद्ववारको नाम कै प्रशंसागरी कार्यक्रम स्थललाई रमणियवनाएका थिए । 

पाणिनिको दुर्गाफाँटमा वृहत सांस्कृतिक कार्यक्रम तथा एमालेको चुनावी सभा सम्पन्न ।

पाणिनि गाँउ पालिका ३ खिदिम देवलचौरमा जन्मिएर हाल सैनामैना रुपन्देहीमा स्थायी वसेवास गर्ने चर्चित गायीकारेनुका भट्टराईको गीतमा रमाउने युवाहरुको भिडले कार्यक्रमको रौनक़ता मा थप आकर्षण वढाएको थियो । 

पाणिनिको दुर्गाफाँटमा वृहत सांस्कृतिक कार्यक्रम तथा एमालेको चुनावी सभा सम्पन्न ।

पाणिनिमा पहिलो पटक स्टेज कार्यक्रममा आउने अवसर पाएको भन्दै भट्टराईले आयोजक तथा पाणिनि वाँसी जनता प्रति धन्यवादप्रकट गर्दै आगामी दिनमा पनि अवसर पाउने आशा समेत व्याक्त गर्दै आफ्नो कला प्रस्तुत गरेकी छन । 

पाणिनिको दुर्गाफाँटमा वृहत सांस्कृतिक कार्यक्रम तथा एमालेको चुनावी सभा सम्पन्न ।

पाणिनिको दुर्गाफाँटमा आयोजित वृहत सांस्कृतिक कार्यक्रम तथा चुनावी सभा २०७९ मा राष्ट्रीय लोक गायक वद्री पंगेनीले नेकपाएमालेका सचिव प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार टोप वहादुर रायमाझी को प्रशंसामा केन्द्रीत लोकभाकावाट उपस्थितदर्शकहरुलाई नचाएका थिए । 

पाणिनिको दुर्गाफाँटमा वृहत सांस्कृतिक कार्यक्रम तथा एमालेको चुनावी सभा सम्पन्न ।


यस्तै लोक दोहोरी गायक वसन्त लम्साल,पुर्णकला विसी,पुरुषोत्तम भण्डारी पुर्खेवाँ लयायतले आ आफ्नैगितमा दर्शकलाई मनोरंजन दिएका थिए । 


पाणिनिको दुर्गाफाँटमा वृहत सांस्कृतिक कार्यक्रम तथा एमालेको चुनावी सभा सम्पन्न ।


पाणिनि गाँउ पालिका को केन्द्र दुर्गाफाँटमा आयोजित कार्यक्रममा नेकपा एमालेका सचिव टोप वहादुर रायमाझीको प्रमुखआथित्यता,प्रदेश सभा सदस्य पदका उमेद्वार रामजी प्रसाद घिमिरेको विशिष्ट आथित्यता, राष्ट्रीय युवा संघ नेपाल पाणिनि पालिकाकमिटी अध्यक्ष वसन्त केसीको अध्यक्षता र झविन सुनामको संचालनमा सम्पन्न भएको थियो । एकदिवसीय कार्यक्रममा पाँच हज़ारवढी दर्शकले मनोरंजन लिएको आँकलन गरिएको छ ।

– तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।


अन्य समाचारहरु