-अर्घाखाची डट्कम सम्बाददाता ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले २० बर्ष देखि फरार अभियुक्तलाई पक्राउ गरि सजाय भुक्तानिको लागि अदालत पेश गरेको छ।
अर्घाखाँची जिल्ला साविकको धनचौर गा.वि.स. वडा नं -९ हाल भुमिकास्थान न.पा.१० स्थायी ठेगाना भएका बर्ष ३४ को शिव बहादुर बुढा लाई कपिलवस्तु जिल्लाको सिमानामा लुकिछिपि बसेका छन, भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्र.नि. कृष्ण प्रसाद घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलिले मिती २०७९।०७।२० गते अर्घाखाँची र कपिलवस्तु जिल्लाको सिमानामा बाट पक्राउ गरी कैद भुक्तानको लागी सम्मानित अर्घाखाँची जिल्ला अदालतमा पेश गरेको प्रहरिले जनाएको छ।
निज बुढा सहित ९ जना माथी धनचौरका ४० बर्षिय दधिराम भुसाललाइ हत्या गरेको भनि कर्तव्य ज्यान मुद्दामा कारबाही गर्न खुमकला भुसालको जाहेरिमा मुद्दा चलेको र २० बर्ष कैद सजायको लागि फैसला भएको तर अभियुक्त फरार रहेकोले प्रहरिले खोजतलास जारी राखेको थियो ।