पैसा र व्यक्तिगत स्वार्थ पुरा गर्न राजनीतिमा लाग्नु हुदैन – नेता के.सी

– गोपाल प्रसाद भट्टराई , अर्घाखाची । 
अर्घाखाँचीबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा गठबन्धनका साझा उम्मेद्धार सागर के.सी.ले गठबन्धनले चुनाव जितेपछि जिल्लाको विकासमा दृढ भएर लाग्ने संकल्प गर्नुभएको छ । 
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य समेत रहनुभएका प्रदेशसभा क का उम्मेद्धार के.सी.ले अर्घाखाँचीको भुमिकास्थान–१ र २ ढाकावाङ्गका बिभिन्न टोलमा मतदातासंग भोट माग्दै यस्तो संकल्प गर्नुभएको हो ।
 आफु सहित गठबन्धनका तिनै जना उम्मेद्धार राजनीतिक यात्रामा निश्कलङ्कित रहेको र जनताले मत दिन आतुर भएको दाबी गर्दै नेता के.सी.ले आफुहरुले चुनाव जित्ने दाबी समेत गर्नुभएको छ ।
 “अहिले चुनावमा पैसाले भोट किन्ने र जितेपछि लगानी फर्काउनमै ब्यस्त भएको देखिन्छ,नेता के.सी.ले भन्नुभयो,“पैसा र व्यक्तिगत स्वार्थ पुरा गर्न राजनीतिमा लाग्नु हुदैन ।”नेता के.सी.ले थप्नुभयो,“निर्वाचनमा अमुल्य भोट गठबन्धनलाई दिनुस्,त्यो जित व्यक्ति र दलको मात्रै हैन सिङ्गो जिल्लाको जित हुनेछ ।” नेता के.सी.ले अर्घाखाँचीमा गठबन्धन एक ढिक्का भएसंगै विपक्षीहरु अताल्लिएको आरोप समेत लगाउनुभएको छ ।
 कार्यक्रममा कांग्रेस,माओवादी,राष्ट्रिय जनमोर्चा र एकिकृत समाजवादीका स्थानिय नेताहरुको सहभागिता रहेको बताइएको छ ।

तस्बिर – बाबुराम खनाल / टेकराज भुसाल  , अर्घाखाची 

अन्य समाचारहरु