– प्रेम चुनरा
दार्चुला । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र कूटनीतिक पहलबाटै फिर्ता हुने बताएका छन। ।
बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी आमसभामा प्रधानमन्त्री देउवाले भारतको कब्जामा रहेको कालापानी र लिपुलेक कूटनीतिक पहल मार्फत् फिर्ताको पहल गरिने बताए।
प्रधानमन्त्री देउवाले लोकतान्त्रिक–वाम गठबन्धन अहिलेको आवश्यकता भएको जिकिर गरे ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो ’। संविधानले नै दलगत गठबन्धन गर्नुपर्ने भएकाले अहिले संविधान जोगाउन राजनीतिक गठबन्धन गरिएको उनले स्पस्ट पारे।