-एजेन्सी
काठमाडौं । युक्रेनको राजधानी कीभका वासीन्दालाई आज शुक्रबार रुसी हवाई आक्रमणबाट बच्न सेल्टरमा जान उर्दी जारी गरिएको छ ।
रुसले बिहिबार अहिलेसम्मकै ब्यापक क्षेप्यास्त्र आक्रमण गरेको थियाे । तर आज शुक्रबार बिहानै साइरनको आवाजबाट ब्यूँझिएका कीभवासीलाई तत्काल सेल्टरमा जान भनिएको हो । कीभ क्षेत्रका गभर्नर ओलेक्सी कुलेबाले ड्रोनबाट आक्रमण भइरहेको सूचना पाएकाले शहरवासीलाई सेल्टरतर्फ पठाइएको बताउनु भएको छ ।
कीभबाट २० किलोमिटर दक्षिणमा थुप्रै विष्फोट भएको र विमानभेदी क्षेप्यास्त्रको आवाज आएको रोयटर्स न्युज एजेन्सीले जनाएको छ । युक्रेनी सेनाको पूर्वीकमाण्डले जापोरिज्जया र डेनिप्रोपर्तोभ्स्क क्षेत्रमा १० वटा रुसी ड्रोन खसालेको जनाइएकाे छ। बिहिबार रुसी सेनाले युक्रेनका विभिन्न शहरमा गरेको ब्यापक आक्रमण गरेकाे थियाे ।
त्यसपछि बिहिबार राति युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भिडियो सन्देश मार्फत युक्रेनी सेनाको पूर्वी, दक्षिणी, पश्चिमी र मध्य कमाण्डले कुल ५४ वटा क्षेप्यास्त्र र ११ वटा ड्रोन खसालेको जानकारी गराउनुभएकाे हाे ।