काठमाडौं । रुसले नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको अस्थायी ब्यारेकमा गरेको रकेट आक्रमणमा ६३ रुसी सेनाकाे मृत्यु भएकाे छ ।
रुसी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको ‘हमार्स’ रकेट प्रणाली प्रयोग गरेर गरिएकाे आक्रमणमा आफ्ना ६३ सैनिककाे मृत्यु भएकाे हाे । यसअघि युक्रेनले रकेट आक्रमणमा ४ सय रुसी सेनाकाे मृत्यु भएकाे दावी गरेको थियो । युक्रेनको भनाइ पुष्टी भएको खण्डमा गत फेब्रुअरीदेखि जारी युद्धमा युक्रेनले रुसी सेनामाथि गरेको यो नै सबै भन्दा ठूलो आक्रमण हो ।
युक्रेनको डोनेट्स्कको माकीभकामा रहेको रुसी सेनाको अस्थायी शिविर रकेट आक्रमणका कारण ध्वस्त भएको छ । यता रुसले युक्रेनले गरेको रकेट आक्रमण लगत्तै इरानमा निर्मित दर्जनौं ड्रोन आक्रमण गरेको छ । रुसले युक्रेनको विभिन्न शहर लक्षित गरी ३९ वटा ड्रोन आक्रमण गरेको हो । जसबाट युक्रेनतर्फ पर्न गएको क्षतिको विवरण भने अझै आएको छैन ।- एजेन्सी