खाचीकोट : समाजसेवी आचार्यले दिए वार्डलाई निशुल्क [जग्गा दान] जग्गा , बन्ने भयो वार्ड कार्यालय , भवन निर्माण सहज ।

 

 

 

-अर्घाखाँची डट्कम सम्बाददाता , अर्घाखाची ।

अर्घाखाँची, २७ पुस । स्वास्थ्य चौकी, वडा कार्यालय लगाएतका भवन बनाउँन सरकारी रकममा जग्गा किन्न पाईदैँन् । वडाभित्रको पायक पर्ने क्षेत्रमा निशुल्क रुपमा जग्गा दान दिएका प्रशस्त उदाहरण पाईन्छन् । जग्गा अभावकै कारण वडा कार्यालय बन्न नसक्दा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न.७ मा वडा कार्यालय को आफनै भवन छैन ।

No photo description available.

जग्गा नहुँदा भवन बनाउँन समस्या भएको वडा कार्यालय लाई स न पा ७ निवासी स्व. पिता आत्मराम आचार्य को सम्झनामा १ भाई छोरा समाजसेबि ब्यक्तित्व कमल प्रसाद आचार्यले कि.न.५५६ मध्येबाट १-८-०-० र ( कमल प्रसाद आचार्य) र उहाँ का छोरा उत्तम आचार्य ले कि.न.५५०मध्येबाट १-८-०-० स न पा – ७ डिहिडाँडा मा साबिक गाबिस रहेको जग्गामा सटेको चन्द्र प्रभा मा बि र फुद्बाङ्ग–टोडेयार मोटरबाटो अन्तर्गत रहेको जग्गा निशुल्क रुपमा दिनु भएको हो ।

No description available.

स्व.पिता को सम्झनामा जग्गा वडा कार्यालयको नाममा पास गरि सन्धिखर्क नगर पालिकामा पठाएको झण्डै २ बर्ष भयो ।

वडा कार्यालय भवन निर्माणका लागी जग्गा अभाव भएको समस्या हट्दै नगरपालिकामा आगामी दुई आर्थिक वर्ष भित्रमा वडा कार्यालयको नयाँ भवन बन्ने अपेक्षा स्थानियहरुको छ । स न पा मा सबै वडामा वडा कार्यालयका आफनै भवन बन्न सकेका छैनन् । नेपाल सरकारको मापदण्ड अनुसारको वडा कार्यालय सबै वडामा छैनन् मापदण्ड अनुसारको वडा कार्यालय बनाउँन अझै केही समय लाग्नेछ ।

अन्य समाचारहरु