२५ औँ भूकम्प सुरक्षा दिवस : अर्घाखाँचीको टुडिखेलमा भुकम्प सम्बन्धी डेमो प्रदर्शन

– अर्घाखाची डट्कम ,सम्बाददाता । 
अर्घाखाँचीको सन्धिखर्कमा विपत सम्बन्धी डेमो प्रदर्शन गरिएको छ । प्रदर्शनी माघ २ र ३ गते गरी २ दिन गर्ने तयारी थियो । माघ १ गते पोखरामा भएको जहाज दुर्घटना भएर सबै यात्रुको ज्यान गएपछि २ गतेका दिनलाई सरकारले शोक विदा दिएका कारण उक्त दिन कुनै पनि औपचारिक कार्यक्रम गरिएनन् ।
पुर्व  निर्धारित कार्यक्रम मध्ये आजको प्रदर्शनी नियमित भएको हो ।  मंगलबार सन्धिखर्कको टुडिखेल मैदानमा भुकम्प प्रकोप र आगलागी सम्बन्धी जिल्ला सुरक्षा निकायको आयोजनामा डेमो प्रदर्शन गरिएको हो ।
No description available.
भुकम्प दिवसको अबसरमा भुकम्पले हुने धनजनको क्षती कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा डेमो प्रदर्शन गरिएकाे थियोे ।
No description available.
उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले मानव निर्मित अव्यवस्थित भौतिक पुर्वाधार संरचनाका कारण प्रकोपमा परि धेरै धनजनको क्षति हुने गरेको बताए ।
No description available.
प्रकोपले आफै कसैको क्षेति नगर्ने बताउदै मानिसले बनाएका अव्यवस्थित र असुरक्षित संरचनाका कारण क्षति हुँदै आएको बताए ।
No description available.
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले भुकम्प आइसकेपछि बिपत ब्यबस्थापन संलग्न ब्यक्तीहरुलाई आवश्यक पर्न उपचार, विधि, प्रक्रिया समयमा दिन सके मानवीय क्षति हुनबाट रोक्न सकिने बताए ।
No description available.
भुकम्पीय जोखिम न्युनिकरण, प्रतिकार्य, पुर्व तयारी तथा सुरक्षित भवन  निर्माण लगायतका विषयमा प्रभावकारी प्रचारप्रसार र जानकारीका लागि समेत डेमो प्रदर्शन आवश्यक रहेको मेयर श्रेष्ठले बताए ।
तस्बिर – बसन्त खड्का,अर्घाखाची डट्कम ।
थप तस्बिरहरु :
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

अन्य समाचारहरु