हेल्मेट अनिवार्य गर्ने सरकारको तैयारी : मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य

 

 

Advertisement

काठमाण्डौ –अब दुई पांग्रे सवारी साधनको पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको छ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसबारे छलफल भएको छ।  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको उक्त छलफलमा विभिन्न सरकारी र सामाजिक निकायको उपस्थिति थियो।