काठमाडौं । यस पटक हिउँदमा वर्षा र हिमपात नहुँदा पानीको स्रोत समेत सुक्न थालेकाछन् । जसको प्रत्यक्ष प्रभाव जनजीवनसँगै हिमाल र पर्यटन क्षेत्रमा समेत परेको छ ।
यति खेर हिउँ परेर सेतै हुनु पर्ने हिमाल यस्तो सुक्खा र कालो पत्थरजस्तो कालाम्मे देखिन्छ । हिमपात र बर्षात नहुँदा पानीका स्रोत सुक्दै जाँदा हिमालमा पनि हिउँ पर्न छाडेको हो । यो पटक पानी पनि परेन र हिउँ पनि परेन जसको असर पर्यटन क्षेत्रमा परेको हिमाल आरोहि तथा प्रकृति संरक्षण जनचेतना महाअभियान्ता पिके शेर्पाको बुझाई छ ।
हिमालमा हिउँ नपर्दा हिमाल आरोहणकालागि आउने बिदेशी पर्यटकको संख्या पनि घट्दै गएको छ । हिमालमाथि मानविय अतिक्रमण बढ्दै जाँदा पछिल्लो समय हिमाल ढुंगामा परिणत हुदै र नाङ्गा देखिन थालेका छन् ।
प्रकृति जोगाउने महा अभियानमुलक सन्देश लिएर हिमाल निरीक्षणमा निस्किीएका अभियान्ता पिके शेर्पाले हिमालको दुःख देखेर ईन्तु न चिन्तु भएको बताउछन् ।
टलक्कै टल्कीनु पर्ने हिमाल अहिले यस्तो काले पहाड झै देखिन्छ । सगरमाथा क्षेत्र ल्होत्से, पुमोरी सगरमाथा बेश क्याम्प र आवादम्बल हिमाल को सेरोफेरो हो यो । टुप्पोमा मात्र हिमाल छ भने त कालो देखिन्छ । प्रकृति प्रति दोहन गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने मानवीय लहडले हिमाल नरहने उहाँको चेतावनी छ ।
हिमाललाई केहि बर्ष आराम दिनु पर्न उहाँको सुझाव छ । प्रकृतिको तापमान बढ्नु भनेको नै हिउ नपर्नु हो । पृथ्वीको तापमानलाई ओसीलो बनाउनु पर्ने उहाँको सुझाव छ । रुखले हिउँलाई रोकने र पानीलाई फिल्टर गर्ने काम गरेर बातावरणलाई सुन्तुलीत राख्छ । तर, हिमालमाथि मानविय कृयाकलाप बढ्नु,यातायात बृद्धि,उत्खनन, केमीकल उत्सर्जित ग्याँस,मानवसृजित फोहोर र मानवको पदचाप प्रमुख कारण भएको उहाँको ठम्याई छ ।
हिउँ नरहनुको कारण अत्याधिक मात्रामा जंगल फडानी हुनु पनि प्रमुख रहेको छ । प्रकृतिप्रति मानवीय असम्बेदनशिलताले हिमाल डाँडामा सिमित रहने उहाँको भनाई छ । त्यसो, त हिउँ नपर्दा अनिकाल लाग्छ भन्ने बुढापाकाहरुको भनाई छ । त्यसैले हिमाल बचाउन आजैबाट आ आफ्नो ठाउँबाट लाग्नु पर्ने देखिन्छ ।
हिमाल बचाउन सके प्रकृति बचाउन सकीने भन्दै हिमाल जोगाऔ अभियान लिएर सातै महादेशका उच्च हिमाल आरोहण गर्ने अठोट लिएका पिके र सोनम शेर्पा बाबु छोरोको अभियान नेपालको हिमाल निरीक्षणसँगै सुरु भएको छ ।इमेजले उल्लेख गरेको छ।