– लेखक :माधब भुसाल (साने)
कतै रङ्ग छाएको छ त कतै एक्लोपन मन्द्राएको छ।
आज आफनै सन्तान बा ,आमालाई गाउँमा एक्लै छाडि अन्तै रमाएको छ।
रङ्गहरु उडिरहेका छ्न उमंगहरु छाई रहेको छ सहर रङ्गमय छ हर्स गुनगुनाई रहेको छ।
गोरेटा सुन्य छन चौपारि टोलाई रहेको छ गाउँ बेरङ्गहिन बेबारिस पडिरहेकोे छ।
छोराछोरी उडेका छन सहर पुतली जसरि ।
बा ,आमा गाउँमा एक्लैछ्न पिन्जडा भित्र थुनिएका सुगाका एक जोडी जसरि।
गाउँ एक्लोपन छाएको छ, शन्यता छाएको छ।
शहर सधै पर्ब छ आजकाल गाउको खुसि बजारले निल्दै गएको छ।
आफ्नै सन्तानमा बा,आमा प्रतिको सम्मान ,मान,मर्यादा हराएको छ।
आफ्नै कोख्मा जन्माएर ,हुर्काएको सन्तान आज बा ,आमालाई गाउँमा एक्लै टुकलुक्क छाडि अन्तै रमाएको छ।
सबै रंगिए आज रङ्गहरु संगै ,रमाए आफ्नाहरु संगै मुहारमा मुस्कान छाएको छ।
गाउँमा बा आमालाई रङ्ग लागिईदिने सम्म कोहि नभएर मुहारमा अन्धकार छाएको छ ।
कुन रङ्ग लगाए सन्तानले आजकाल आफ्नो मन ,मस्तिष्कमा
जुन रङ्गले आज गाउमा बा आमालाई एक्लै बनाएको छ् ।