बुटवल – क्षत्री समाज नेपालले मुलुकलाई हिन्दू राष्ट्र घोषणा र जातीय आरक्षण खारेज गर्न माग गरेको छ ।
बुटवलमा यही चैत ४ र ५ गते हुने समाजको दोस्रो केन्द्रीय परिषद भेलाको पुर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा समाजले यस्तो माग गरेको हो । समाजले आम खस क्षत्री जातीलाई आदीवासी जातीमा सूचीकृत गर्न, आरक्षणको व्यवस्था जातीय नभई वर्गीय आधारमा गर्न, विपन्न, गरिव, पीछडिएका वर्गलाई जातीयरुपमा नहेरी सहयोग आरक्षण व्यवस्थ ागर्न, खस र आर्यको व्यवस्था अलग अलग रुपमा गर्न पनि माग गरेको छ ।
त्यस्तै राष्ट्र र राष्ट्रियताविरुद्ध हुने सबैखाले हस्तक्षेप बन्द गर्न, खस राष्ट्रिय आयोगको गठन गर्न, आर्थिक तरलता व्यवस्थापन, रोजगारी सिर्जन ागर्न र क्षत्री समाजको नेतृत्वमा भएको विविध आन्दोलनहरुमा सरकारले गरेको सम्झौताको पूर्ण कार्यान्वयन गर्न पनि समाजले माग गरेको छ ।
समाजले आफ्ना मागहरुलाई केन्द्रीय परिषद भेलामार्फत प्रभावकारीरुपमा उठाइने भन्दै यसका लागि दवावमूलक कार्यक्रम गर्ने बताएको छ । केन्द्रीय परिषदको पहिलो दिन बुटवल बजारको परिक्रमा सहित समाजको भवन रहेको स्थान हिलपार्कमा पुगी सभामा परिणत हुने केन्द्रीय उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक केष्णबहादुर थापाले बताए । दोस्रो दिन केन्द्रीय, प्रदेश, जिल्ला तथा भातृ समाजका प्रतिनिधिहरुको भेला हुने महासचिव केशबहादुर केसीले जानकारी दिए ।न्युजबुटवल टुडेले उल्लेख गरेको छ।