मेरो घरको आगनीको डिल मुनी


-भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची, नेपाल
हाल दोहा कतार


******      *****     ********
मेरो घरको आगनीको डिल मुनी
सधै आउछे एउटी सानी गौथली
भुरुरु  उडी  जान्छे  घरी  घरी
माथी माथी निलो आकासको वरिपरी
********    ********      *********
कति राम्रो चिरबिर चिरबिर बोली
कहिले धाउछे पधेरी त कहिले खोली
आउछे जान्छे त्यो सानी गौथली
बनाउछे आफ्नो घर मुखबाट माटो ओकली
*********      ********     **********
कति राम्रो घर उसको माटोको झोली
लाग्छ शृंगार गरी सजाएको डोली
आहा कति मिहिनेती त्यो सानी गौथली
रामाउछे आफ्नै संसारमा खुशी बटुली
**********      *********      ********
नयाँ संसार,नयाँ घर बनाउछे छोरा छोरी
भोक प्यासले कराउदा च्वां च्वां गरी
चाहरो खोजी ल्याउछे त्यो सानी गौथली
यसरी नै दिन बिताउँछे त्यो बिचरी 


४  कार्तिक २०६७