अफगानिस्तानका राष्ट्रपति हामिद कारजाईले राजधानी काबूलमा अफ्गानिस्तान सरकारले शान्ति प्रक्रियालाई अझ बढाउन प्रयास जारी राख्ने सँकल्प गरेको कुरा बताउनुभएको छ। साथै तालिवानसँगको शान्तिपूर्ण वार्ताबाट अफ्गानिस्तानमा स्थायी शान्ति र स्थीरता पुर्याउने विश्वास गरेको पनि बताउनु भयो।
सोहि दिन राष्ट्रपति कारजाईले राष्ट्रपति भवनमा सरकारका पदाधिकारीहरुसँग भेट्दै अफ्गानिस्तानले शान्तिपूर्ण तथा स्थीर परिस्थिति साकार तुल्याउनसक्ने कुरा बताउनुभएको थियो।
केही दिन अघि औपचारिकरुपमा स्थापित भएको अफ्गानिस्तानको शान्ति प्रक्रिया उच्च समितिले सक्रीयरुपमा काम शुरु गरी तालिवानसँगको शान्तिपूर्ण वार्ता सकेसम्म छिटो आयोजना गर्ने बताएको छ।