– अनिल नेपाली ,अर्घाखाची डट्कम ।
सन्धिखर्क । अर्घाखाँचीकाे सन्धिखर्कमा शुक्रबार लाग्ने हाटबजारमा पछील्लो पटक उपभोक्ताहरु मर्कामा पर्ने गरेको धेरै गुनाशाहरु आएका छन ।
जिल्लाका बासिन्दाहरूलाइ सहज सुविधा प्रदान गर्ने गरि लाग्ने हाटबजारमा अधिकाश उत्पादन जिल्ला बाहिरबाट आउने गरेको पाईन्छ। जिल्लामा उत्पादित बस्तुलाई प्राेत्साहन गर्ने गरी लाग्ने हाटबजारमा उपभोक्ताहरू खासगरी नापतौलमा ठगिने गरेको पाइएको छ।
बजारमा किनेको समान भन्दा १०० देखि २०० ग्राम ताैल कमि रहने गरेको कतिपय उपभोक्ताहरुले आफ्नो नाम नबताउने शर्तमा बताएका छन। ।
हाटबजारमा ल्याउने अधिकाश तरकारी उपभोक्ताले उपभोग गर्न उपयुुक्त छ छैन , ताैल ठिक छ छैन भनेर समेत अनुगमन गरीएकाे छैन ।
जिल्लाका अधिकाश ठाउँमा स्थानीय सरकार, गाउँपालिका ,नगरपालिका ,घरेलु तथा साना उधाेग, जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गर्ने तर सदरमुकाम सन्धिर्खकमा सयौं प्रशासनिक निकाय भएको ठाउँमा जनताले प्रत्यक्ष रूपमा तत्काल दैनिक रुपमा उपभाेग गर्ने समानमा प्रशासनिक निकायले जिम्मेवार ढंगले आबश्यक नियमन , अनुगमन नगर्नुले आम उपभोक्ताहरू प्रत्यक्ष त्यसकाे ठुलो मारमा परेका छन।