– वीरेन्द्र केसी
अर्घाखाँची- जिल्लामा प्याराग्लाइडिङ सचालन गर्न संभव हुने भएको छ । खनको जालकाँडाको लेक र अर्घाको मसुरपाटाबाट उडान परीक्षणपछि अर्घाखाँचीमा प्याराग्लाइडिङ सचालन संभव भएको हो । दुई स्थानबाट आकाशमा उडान गरी ल्यानिडङ सफल भएको छ ।
जालकाँडाबाट उडान गरिएको प्याराग्लाइडिङ डिभर्नाको कबिर बिहारमा ल्यान्डिङ सफल भएको थियो भने मसुरपाटाबाट गरिएको उडान बिहार र सदरमुकाम सन्धिखर्कको टुडिखेलमा ल्यान्डिङ सफल भएको छ । विहीबार र शुक्रवार दुई दिनसम्म सदरमुकाम खन वागला डिभर्ना वाँगी अर्घा गाविस माथिको आकाशमा परीक्षण गरिएको थियो ।
पोखरा हवाई खेलकुद सस्थाले अर्घाखाँचीको आकाशमा छ वटा प्याराग्लाइडिङ परीक्षणका लागि उडान गरेको हो । उडान गर्ने र ल्यान्डिङ गर्ने स्थान र भौगोलिक वनावट अत्यन्तै राम्रो मानिएको सस्थाले जनाएको छ ।
दुई दिनसम्म गरिएको परीक्षणमा दुवै स्थानबाट आकाशमा करिब दुई हजार मिटरमा एक घण्टासम्म उडानपछि ल्यान्डिङ गरिएको पाईलट विमल अधिकारीले बताउनुभयो । उहाँले परीक्षण गरिएको स्थानबाट प्याराग्लाइडिङ; साचालन गर्न संभव भएको बताउनुभयो । सदरमुकामबाट करिब २३ किलोमिटर टाढा उक्त डाँडोबाट जिल्लाको मथुरावेशी खनदह वागला लगायतका स्थानमा ल्यान्डि गर्न सजिलै सकिन्छ उहाँले भन्नुभयो पर्यटकीया हिसाबले प्याराग्लाइडिङ सचालन गर्न उत्तम रहेको छ ।
जिल्लाको महत्वपुर्ण स्थान जालकाँडा र धार्मिक पर्यटकीय स्थान अर्घाको लेकबाट अर्घाखाँचीको आकाशमा प्याराग्लाईिड नियमित सचालन गर्न संभव भएको उनको भनाई छ । प्याराग्लाइडिङ नियमित सचालन भए अर्घामा आन्तरिक र वाहय पर्यटक भित्राउन सकिने संभावना रहेको छ ।
सभासद टोप बहादुर रायमाझीले जिल्लालाई पर्यटकीय स्थल बनाउन धेरै संभावनाहरु रहेको बताउनुभयो । उहाँले अर्घालाई विशेष स्थान बनाई पर्यटकीय गाउँ बनाउन सकिने बताउनुभयो ।
अर्घाको घोरलासी डाँडोमा २० किलोमिटर अग्लो भ्युटावर निर्माण भएको छ । करिब देई हजार मिटरमा फैलिएको जंगलमा मृग बाघ लगायतका वन्यजन्तु पाईन्छन । उक्त स्थानबाट भारतको गोरखपुर स्पष्ट देखिन सक्ने अर्घाखाँची भ्यु टावर निर्माण समितिका अध्यक्ष राम बहादुर रायमाझीका अनुसार अर्घा भौगोलिक बनावटले पनि प्रचुर संभावनाहरु रहेका छन ।