अर्घाखाँचीको अर्घामा एमाओवादीको आयोजनामा आयोजित भब्य सास्कृतिक कार्यक्रम बिशाल जनशभा बिच सम्पन्न/एक जुट भएर बिकासमा लागौ:रायमाझी (प्रत्यक्ष प्रसारणको अडियो रेकर्ड सहित)

          – उमाकान्त पाण्डे गाउले
मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि


अखाँटा – यूएई डेस्क-एकतालाई आत्मसाथ गरी नेपालका राजनितिक पार्टीहरु अगाडि बड्नु पर्ने आजको आब्श्यक्ता रहेको एमाओवादी अर्घाखाँची क्षेत्र नम्बर १ का शभासद टोप बहादुर रायमाझीले बताएका छन ।


अर्घाखाँचीको अर्घा मसुर पाटामा एमाओवादीको आयोजनामा आयोजित भब्य सास्कृतिक कार्यक्रमका बिच बिशाल जनशभा लाई सम्बोधन गर्दै नेता रायमाझीले सो कुरा उल्लेख गरेका हुन ।अर्घाखाँचीको बिकासका लागि कृषि बिकास गरिनु पर्छ भन्दै जिल्लामा कृषिको बैगानिक तरिकाले ब्यवसाय गर्नु आबश्यक रहेको उल्लेख गर्दै आफु आफ्नो क्षेत्रबाट सदैव लागि पर्ने जनाएका छन ।


प्रमुख अतिथीको रुपमा उपस्थित नेता रायमाझीले आफ्नो सम्बोधनको क्रममा आफुले आफु प्रशीक्षित पुरानो मसाललाई गाली होइन सम्मान गर्ने तर मन नपरेका कुरालाई आलोचना गर्दै गाली गर्नुनै कुनै आन्दोलन तथा क्रान्ति होइन भन्दै पुरानो मसालका चित्र बहादुर केसीले जती गाली गर्दै हिंड्नुहुन्छ त्यतीनै आफु थिच्चिदै जाने बताउदै गाली होइन मेलमिलाप,र एक जुट भएर अगाडि बड्नु पर्ने अपरिहार्य आब्श्यत्ता रहेको नेता रायमाझीको दावी थियो ।


सो बिशाल जनशभा तथा बिशेष बिबिध सास्कृतिक कार्यक्रममा एमाओवादीका केन्द्रिय सचिवालय सदस्य टोप बहादुर रायमाझी,केन्द्रिय सदस्य एवम रोल्पाका एमाओबादीका शभाशद सन्तोष बुढा मगर, लगायत जिल्ला स्तरिय नेता तथा एमाओबादीका शुभेच्छुक कार्यकर्ता तथा आम सर्वसाधारणको बाक्लो उपस्थिती रहेको जिल्ला बाट रेडियो अर्घाखाँचीमा प्रत्यक्ष प्रसारणमा जुटेको युनिटले जनाएको छ । कार्यक्रक्रमको सम्पूर्ण विवरण जिल्ला समितिले तयार पार्ने छ । सो विवरण छिट्टै प्रकाशन गर्ने छौ ।


साथै अर्घाखाँचीको जिल्लाको संचार बिकासमा महत्वपूर्ण भुमीका निर्वाह गरेको र अर्घाखाँची डट्कम् मार्फत रेडियो अर्घाखाँचीको प्रत्यक्ष्य प्रसारण सुनेर अर्घाखाँची डट्कम् को तर्फ बाट त्यसको उच्च मुल्याकनं गरी कार्यक्रम आयोजक लाई नेपाली रुपैया पाच हजार सहयोग समेत प्राप्त भएको जनाइएको छ । हामीले यो समाचार प्रत्यक्ष प्रशारण सुनेर तयार परेका हौ । यधपी यस् सम्बन्धी पुरा समाचार जिल्लामा रहेका यस् अर्घाखाँची डट्कम् (टाईम्स)का प्रतिनिधी हरुबाट प्राप्त भएपछी प्रकाशन गर्ने छौ । आज सम्पन्न सो कार्यक्रम अर्घाखाँची डट्कम् मार्फत विश्वभर भएका बिसौ हजार स्रोता ले सुनेको अर्घाखाँची टाईम्सको प्राविधिक कक्षले जनाएको छ ।

 

अर्घाखाँचीबाट आफ्नो प्रत्यक्ष प्रसारणमा जुटेर प्रवासमा रहेका बिसौ हजार ईन्टरनेट स्रोता लाई सहयोग गरिदिनु भएकोमा रेडियो अर्घाखाँची युनिट तथा जिल्लामा रहेका अर्घाखाँची टाईम्सका सस्थापक मेहर सिह केसी , सम्पादक बिरेन्द्र केसी , जिल्ला प्रतिनिधि तथा सस्थानको प्रकाशनमा प्रकाशित हुने अर्घाखाँची डट्कम् साप्ताहिकका प्रमुख बजार ब्यबस्थापक बिनोद गैरे तथा सहयोगी जिल्ला स्थित सम्पूर्ण सहयोगी संचारकर्मी ज्युहरुमा आभार ब्यत्त गर्दछौ -अर्घाखाँची टाईम्स अन्तराष्ट्रिय कार्यालय-लन्डन-यूएई दुबई

 

 

यस कार्यक्रमको प्रत्यक्ष प्रसारणको अडीयो रेकर्ड तल सुन्न सकिने छ। 

 





 

अन्य समाचारहरु