मजदुर हडतालका कारण बन्द रहेका फ्रान्सका बाह्रबटा तेल प्रशोधनशाला मध्ये एउटा प्रमुख प्रशोधनशालालाई त्यहाँको प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ। सरकारको पेन्सन सुधार योजनाको विरोधमा सूरु भएको हड्तालले दश दिन पूरा गरेपछि त्यहाँको प्रहरीले तेल प्रशोधनशाला नियन्त्रणमा लिन बल प्रयोग गरेको हो।
राजधानी पेरिसबाट पचास किलोमिटरको दुरीमा रहेको ग्रा48डपुटिज प्रशाोधनशालामा शुक्रबार सबेरै प्रहरीले हस्तक्षेप गरेको थियो। निरन्तरको हडतालका कारण देशका हजारौं पेट्रोल स्टेसन पेट्रोल अभाव बन्द हुन पुगेपछि राष्ट्रपति निकोलश सार्कोजीले बन्द गरिएका प्रशोधनशाला खोल्न आदेश दिएका थिए। सिनेटमा मतदान हुन लागेको सरकारी विधेयकको विरोधमा फ्रान्समा निरन्तररुपमा हड्ताल र प्रदर्शन भैरहेका छन्।
प्रहरीले सूचारु गरेको ग्र48डपिट प्रशोधनशाला पेरिसको प्रमुख विमानस्थल चार्ल्स डे गल लगायतका महत्वपूर्ण स्थानमा तेल आपुर्ति हुने गरेको छ। श्रम संगठनका अधिकारीहरुले प्रहरीले मध्यरातमा प्रशोधनशालामा धावा बोलेको भन्दै त्यसलाई चर्चामा आउन चालिएको कदमको संज्ञा दिएका छन्। सरकारले अघि सारेको विवादास्पद पेन्सन सुधार विधेयकमाथि फ्रान्सको सिनेटमा शुक्रबार मतदान हुँदैछ।