१३ वर्षीय किशोरले विष सेवन गरी आत्महत्या

कलैया। बारा जिल्ला डुमरबाना गाविस-४ बस्ने रामचौधरीका १३ वर्षीय छोरा अर्जुन चौधरीले गएराति विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


बाबुले मृतक छोरालाई नराम्रो काम नगर्न गाली गरेकोमा राति माछा मार्ने विषसेवन गरेको थाहा भएपछि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरी उपचार गर्ने क्रममा उनको मृत्यु भएको थियो ।