-भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची, नेपाल
हाल दोहा कतार
————————————–
“पर्तिक्षाको घडी कती लामो हुन्छ
तिमी आफै पर्तिक्षा गरी हेर
पुर्णिमाको रात पनी औसी झैँ लाग्छ
तिमी कतै भुली नआउदा पर्खेर”
********* ******* *******
बर्षौ दिनहरु बितेछन मेरा
तिमी आउने बाटो कुरी
तर तिमी कहिल्यै फर्की आएनौ
किन यती सार्है भयौ निस्ठुरी
पर्तिक्षाको घडी कती ……….
पुर्णिमाको रात पनी ………..
****** ******* *****
तिम्रै यादमा टोलाई रहन्छु
पुर्णिमाको उदास जून हेरी
कैयौ बसन्तहरु आय गए
पालुवाका पातहरु फेरी फेरी
पर्तिक्षाको घडी कती ……….
पुर्णिमाको रात पनी ……….
******* ******* ******
झिनो आशामा अल्झी रहयो जीवन
प्राण जान्नकी तिम्रो मुख नहेरी
हाम्रो बाचा साँचो थियो भने
किन जीन्दगी मरूभूमि झैँ खडेरी
पर्तिक्षाको घडी कती ……….
पुर्णिमाको रात पनी ………
७ कार्तिक २०६७