-डिआरजी सुमन ,दुर्गाफाँट ।
चैत्र-१० शुक्रवार २०७९ । अर्घाखाँची । पाणिनि गाँउ पालिकाको सभाहलमा तीन दिन सम्म संचालित पाणिनिमा महिला सशक्तिकरण,नेतृत्व विकास तथा सकरात्मक सोच अभिवृद्धि सम्बन्धित तीन दिने प्रशिक्षण तालीम सम्पन्न भएको छ ।
युनिक भिजन को सहजीकरण र पाणिनि गाँउ पालिका को आयोजनामा संचालित तालिममा पाणिनि पालिका स्थित सवै वडावाट प्रतिनिधि मुलक सहभागिता रहेको थियो । तालीम समापन समारोहमा वोल्दै प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसालले प्रशिक्षण प्रभावकारी भएको प्रमाणित गर्न प्रशिक्षणार्थीले व्यावहारिक रुपमै यसलाई लागू गर्न आवश्यक रहेको वताउनु भएको छ ।
तीन दिन सम्म संचालित भएको तालिममा सामान्यतः सर्वसाधारण प्रशिक्षणार्थीहरुले बढी महत्व दिएको पाईएको छ ।
पाणिनि गाँउपालिकामा संचालित तीनदिने तालीमका प्रशिक्षण रोमाकान्त घिमिरेले सामान्य भन्दा सामान्य रूपमा प्रशिक्षण गराएको भएता पनि तालीमका वहुसंख्यक सहभागिहरुवाट नेतृत्व शैली र सकारात्मक सोच विषममा स्पष्ट देखिएको पाईएको छ ।
तीन दिने तालीममा दक्ष प्रशिक्षक र व्यवस्थापकीय पक्षलाई महत्व दिईएको भएता पनि तालीम प्रभावकारी भएको प्रशिक्षार्थीको क्रियाकलापवाट पुष्टि भएको देखिएको छ ।
तीन दिने प्रशिक्षण कार्यक्रम को ब्यबस्थापन पक्षको मुल्यांकन गर्दै सामाजिक अभियान्ता किरण जिसि सम्मानित गरिएको थियो ।
तस्वीर : डिआरजी सुमन