पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको एक सुफी दरगाहमा भएको बम विष्फोटनमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ। आज भएको सो आक्रमण पाक पट्टन सहरमा रहेको लोकप्रिय बाबा फरिदको दरगाहमा विहानको नमाज पढिँदै गर्दा भएको प्रहरीले जनाएको छ।
घटनामा बीस जना अन्य घाइते भएका छन्। विष्फोटनका समयमा सो दरगाहमा ठूलो संख्यामा मानिस नमाज पढ्नलाई भेला भएका थिए। आक्रमण भएपछि सुरक्षाकर्मीहरुले सो दरगाहलाई सिल गरेका थिए। प्रहरीका अनुसार आक्रमणकारीहरु दुई वटा मोटरसाइकलमा दुधको डब्बामा विष्फोटक पदार्थ लिएर आएका थिए।
पाकिस्तानमा साफी धार्मिक स्थलहरु तालिवानको निसाना बन्दै आएका छन्। जुलाई महिनामा पनि कराँचीमा रहेको अब्दुल्ला शाह गाजीको दरगाहमा गराइएको आत्मघाती विष्फोटनमा चालिस जनाभन्दा बढीको मृत्यु भएको थियो।