भारत भ्रमण पछि सरकारकाे आयु सकिन्छ : सुर्य थापा

-केशब पन्थी , अर्घाखाची डट्कम।

नेकपा एमाले केन्द्रीय पाेलिटव्युराे सदस्य तथा प्रतिनिधि सभा सदस्य सुर्य थापाले देशमा एमाले काग्रेस मात्र अस्तित्वमा रहने बताउनु भयो । प्रेश चाैतारी नेपाल अर्घाखाँची शाखाले शुक्रवार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै थापाले अन्य दल राष्ट्रिय राजनीतिमा नरहने बताउनुभयाे ।

काग्रेसकाे कृपा रहदाँ सम्म माअोवादी अस्तित्वमा रहने उल्लेख गर्दै काग्रेसले आर्शिवाद नहुदाँ बित्तिकै माअाेवादीकाे अस्तित्व सकिने थापाकाे भनाइ छ । एमालेकाे मिसन ग्रासरूट अभियान अन्तगर्त भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाे अभियान्ताकाे रूपमा अर्घाखाँची रहनु भएका थापाले पाकापुस्ताकाे आर्शिवाद,युवाहरूलाई उत्साहित बनाउने काम अभियानले गरेकाे बताउदै अभियानले पार्टीमा नयाँ जीवन सञ्चार गरेकाे बताउनु भयो ।

No description available.

करिव १ महिनाकाे अविधिमा गाउँ टाेलवस्तिमा जनता सग साक्षरता गर्दा एमाले प्रति जनताहरूकाे उत्साहमा कुनै कमि नआएकाे बताउदै आसन्न निर्वाचनमा ५१ प्रतिशत पुयाउन सकिने गरि अभियानमा काम गरिएकाे बताउनुभयाे ।

No description available.

नेता थापाले आसन्न सम्पन्न हुन गईरहेकाे उपनिर्वाचनमा हिजाेकाे निर्वाचनमा विजयी भएकाहरूकाे बेलुनबाट हावा फुस्किसकेकाे बताउदै एमाले विजयी हुने दावी गर्नुभयाे । पत्रकारले साेधेकाे एक प्रश्नकाे उतर दिदै थापाले प्रचण्ड सरकारकाे आयु भारत भ्रमण पछि सकिने बताउदै,बैशाखमा हुने भारत भ्रमणमा सरकार टिकाउन अनुचित सम्झाैता गर्ने तर त्यहि सम्झाैता प्रचण्डका लागि घातक हुने बताउनुभयाे ।

No description available.

बर्तमान सरकार दस रङ्गि दलकाे स्वार्थ बाहेक जनताकाे पक्षमा केही काम नगरेकाे उल्लेख गर्नुभयाे । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे,जिल्ला अध्यक्ष पिताम्वर भुसाल जिल्ला सचिव ताेजबहादुर रायमाझी लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

No description available.

कार्यक्रम जिल्ला अध्यक्ष बसन्त श्रेष्ठकाे अध्यक्षता,उपाध्यक्ष करिश्मा खनालकाे स्वागत मन्तव्य र सहसचिव सिद्वार्थ केसीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

अन्य समाचारहरु