मेक्सिकोको एक कार वासिङ सेन्टरमा हतियारधारी समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा पन्ध्र्र जनाको मृत्यु भएको छ। पश्चिमी राज्य नायारितमा हतियारधारी लडाकूले गरेको आक्रमणमा उक्त मानवीय क्षति भएको हो। एक हप्ताको अवधिमा गरिएको यो तेस्रो आमनरसंहार हो ।
लागू औषध तस्करका समूह विरुद्धको अभियान क्रममा यस प्रकार घटनामा बृद्धि भएको बताइएको छ। कार वासका लागि प्रवेश गरेका हतियारीधारीले अन्धाधुन्ध गोली प्रहार गरेको समाचारमा जनाइएको छ।