अर्न्जेटिनाका भुतपूर्व राष्ट्रपति नेस्टर किर्चनरको साठी वर्षको उमेरमा निधन

Live from Government House, Buenos Aires, Argentina

 




अर्न्जेटिनाका भुतपूर्व राष्ट्रपति नेस्टर किर्चनरको साठी वर्षको उमेरमा निधन भएको छ। उनी वर्तमान राष्ट्रपति क्रिस्टिना फर्नान्डेज किर्चनरका पति हुन्।

 

द युनियन अफ साउथ अमेरिकन नेशन्स्का महासचिब समेत रहेका किर्चनर इल कालफेट सहरस्थित एक अस्पतालमा हृदयघात भई मृत्यु भएको जनाइएको छ।  किर्चनरको यस अघि नै दुइ पटक मुटुको शल्यक्रिया गरिएको थियो। किर्चनर दुइ हजार एघारमा तय भएको राष्ट्रपतीय निर्वाचनमा श्रीमति क्रिस्टिनाको सट्टा आफैं चुनावी मैदानमा उत्रने अनुमान गरिएको थियो।

 

यता, किर्चनरको निधनमा ब्राजिल सरकारले तीन दिने शोकको घोषाणा गरेको छ।  ब्राजिलका असल मित्रको निधन भएको भन्दै ब्राजिल सरकारले शोकको घोषणा गरेको हो। ब्राजिलका राष्ट्रपति लुइज लुला डे सिल्भाले किर्चनर आफ्नो सबैभन्दा निकट मित्र भएको प्रतिक्रिया दिएका छन्।

 

अर्न्जेटिनाको आर्थिक, सामाजिक र राजनीतिक सुधारका लागि किर्चनरको महत्वपुर्ण भूमिका रहेको पनि सिल्भाले बताएका छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाले किर्चनरको असामयिक निधन प्रति समवेदना ब्यक्त गरेका छन्।