-केशवराज ज्ञवाली ,अर्घाखाची डट्कम।
सन्धिखर्क – भगवती माध्यमिक बिद्यालय शंखेटारिको अभिभावक भेला आज सम्पन्न भएको छ । भेलामा अब बन्ने ब्यबस्थापन समितिको अध्यक्ष पदमा रहेर काम गर्न युवा नेता बिष्णु ढुंगानाले बलियो दावेदारी पेश गरेका छन । धेरै सामाजिक कार्यमा काम गरिरहेका ढुंगाना बिधालयको समितिमा रहेर गुणस्तरीय शिक्षामा आफ्नो योगदान दिन अध्यक्ष पदको दावेदारी गरेको अर्घाखाँची डटकमलाइ बताए ।
भेलामा भर्खरै सम्पन्न बार्षिक परिक्षा , स्कुलको बर्तमान अवस्थाका बिषयमा चर्चा परिचर्चा गरिएको थियो । भेलामा बिधालय ब्यबस्थापन समितिको अबधी समाप्त भएकाले पुन बिधालय ब्यबस्थापन समिती निर्माण गर्ने बिषयमा धेरै इच्छुक देखिएपछी सामान्य छलफल गरि पुन फेरि भेला बोलाएर निर्वाचन प्रक्रियामा समिती निर्माण गर्ने निर्णय भएको छ ।
सदरमुकाम सन्धिखर्कमा रहेको उक्त स्कुलको ब्यबस्थापन समितिमा नेतृत्व गरेर काम गर्न धेरै इच्छुक देखिएका छन । जसमा ढुंगानाका अलावा निवर्तमान अध्यक्ष मुकुन्दराज आचार्य फेरि आफ्नो अध्यक्ष पदमा निरन्तरता दिने प्रयासमा छन भने भर्खर मात्रै सोही स्कुलबाट सेवा निबृत भएका श्याम प्रसाद भुसाल पनि ब्यबस्थापन समितिको अध्यक्ष बन्ने प्रयत्नमा छन ।
भेलामा सन्धिखर्क वार्ड नम्बर २ का वार्ड अध्यक्ष मोतिजंग रायमाझी , सन्धिखर्क नगरपालिका शिक्षा शाखा अधिकृत मन्जु आचार्य र निवर्तमान ब्यबस्थापन समिती अध्यक्ष मुकुन्दराज आचार्यले भेला सफलताको शुभकामना दिदै बिधालयले गुणस्तरिय शिक्षामा कुनै कमि कमजोरी गर्न नहुनेमा जोड दिए ।
उनिहरुले बिधालयको भौतिक सेवा सुबिधा र शैक्षिक गुणस्तर वृद्धि गर्न आफुहरुको स्थानबाट संभावित सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाएका थिए । भेलामा बिधालयको बार्षिक प्रगती सहितको बिधालयको बर्तमान अवस्थाको बारेमा प्रधानाध्यापक धुर्व के.सी. ले प्रतिवेदन प्रस्तुत गरेका थिए । बिधालयको निवर्तमान ब्यबस्थापन समिती अध्यक्ष मुकुन्दराज आचार्यले अध्यक्षता गरेको भेलाको संचालन शिक्षक शोभाखर पन्थिले गरेका थिए ।