पोर्ट-अ-प्रिन्स – संयुक्त राष्ट्रसंघले शान्ति स्थापनार्थ हेइटीमा तैनाथ नेपाली सेनाका कारण त्यहाँ हैजा नफैलिएको स्पष्ट पारेपनि हेइटीबासीले भने नेपाली शान्ति सेनाकै कारण हैजा फैलिएको दाबी गरेका छन्। हेइटीबासीले नेपाली सेनाले मुलुक छाड्नू पर्ने माग समेत राखेका छन्।
केही सातादेखि फैलिएको हैजाका कारण हेइटीमा ३ सय भन्दा बढी मानिसको मृत्यु भैसकेको छ। हैजा फैलने क्रम जारी रहेको र हैजाका कारण मानिसको मृत्यु भैरहेको अवस्थामा हेइटीबासीहरुले मिरेबालाइस सहरमा नेपाली शान्ति सेना विरुद्ध प्रदर्शन गरेका छन्। राष्ट्रसंघीय आधार क्षेत्रमा नेपाली शान्ति सेना विरुद्ध नाराबाजी भएको छ।
हैजाका कारण विरामी भएका ४ हजार ७ सय जनालाई त्यहाँका विभिन्न अस्पतालमा भर्ना गरिएको छ। हेइटीको हैजाका विषयमा नेपाली शान्ति सेनामाथि दोषारोपण गरिएपछि राष्ट्रसंघका अधिकारीहरुले अनुसन्धान गरेका थिए।
अनुसन्धानका क्रममा प्राप्त परिणाम अनुसार नेपाली सेनामाथि लगाइएको आरोप निराधार रहेको महासचिव वान कि मुनका प्रवक्ता मार्टिन नेसर्कीले जनाएका छन्।
हाइटीमा रहेका नेपाली शान्ति सैनिकमाथि त्यहाँका स्थानीय नेताहरुले हैजा फैलिएको आरोप
हाइटीमा रहेका नेपाली शान्ति सैनिकमाथि हैजा फैलिएको आरोप त्यहाँका स्थानीय नेताहरुले लगाएका छन्। सो आरोपपछि मिसनले नेपाली शिविरबाट निस्केको फोहोर नमुना अनुसन्धानका लागि लगिएको जनाइएको छ।
हाइटीमा गत सातादेखि फैलिएको हैजाको कारण कम्तिमा ३ सय ३ जनाको मृत्यु भएको छ भने ४ हजार ७ सय २२ संक्रमित भएका छन्। तर मिसनका प्रवक्ता भिन्सेन्जो पुग्लिसेले भने त्यसको खण्डन गरेका छन्।
उनले शिविरबाट शुक्रबार संकलन गरिएको नमुनाको परीक्षण नकारात्मक देखिएको बताएका छन्। उनले हालै मिसनमा सहभागी हुन पुगेका कुनै पनि नेपाली सैनिकमा सो रोग नभएको बताएका छन्।
तर सैनिक मिसनमा फोर्स कमाण्डरले भने थप अनुसन्धानका लाग आदेश दिएका छन्।
नेपालबाट हालै हाइटी पुगेको समूहले सो हैजा फैलाएको आरोप लगाइएको छ। पछिल्लो पटक अक्टोबर महिनाको शुरुमा नेपाली सेनाको डफ्फा हाइटी पुगेको हो।
नेपाली सेनाका शिविर रहेको मिरेवलीसका मेयर र सिनेटल मध्य हाइटी भएर बग्ने अर्टिबोनिटे नदीका सहायक नदी मेइले नदीमा किरानमा नेपाली सेनाका शिविरबाट रोगको स्रोत भएको आरोप लगाएका छन्। अर्टिबोनिटे आसपासका दुर्गम क्षेत्रमा पहिलो पटक हैजाका रोगी देखिएका थिए।
विश्वका अन्य स्थानमा हैजा महामारी समान्य मानिन पनि दक्षिणी गोलार्द्धमा २० शताब्दी पछि पहिलो पटक हाइटीमा हैजाको देखिएको हो।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महामारी सम्बन्धी विज्ञ एरिक मिन्ट्जले गृष्मकालमा नेपालीका पश्चिमी क्षेत्रमा फैलिएको हैजाको तथा हाइटीको जीवाणु एकै प्रकारको भएको बताए।
नेपाली सैनिक शिविरमा प्रयोग सेप्टी ट्याङ्की अमेरिकी वातावरण संरक्षण नियोगको निर्धारण गर्ने माफदण्डअनुसारको भएका र त्यसलाई निजी क्षेत्रले नदीभन्दा २ सय ५० मिटर पर ल्यान्डफिल्ड साइटमा फाल्ने गरेको जनाएको छ। मिरावेलमा तीन वटा शिविरमा करिब ५ सय नेपाली सैनिक कार्यरत छन्।