-केशब घिमिरे खाँचिकोट, अर्घाखाँची डटकम।
खाँचिकोट- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचिकोटको डिहिडाँडामा कृषकलाई सुन्तलाजात,फलफुल आैषा किरा नियन्त्रणका लागि एक दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका कृषि बिकास शाखा अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको छ।
कृषि र फलफुल व्यवसायीकता साथै स्वराेजगार सृजना गर्न कृषकलाई तरकारी फलफुल विषादी अैाषा किरा नियन्त्रणका लागि कृषि बिज्ञ बिकास भुसालको सहजिकरणमा फलफुल बगैचामा गई बिषाधिको प्रयोगगात्मक अभ्यास गरिएको थियोे ।
कार्यक्रममा कृषकलाई सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई तथा कृषि शाखाकि प्रबित्रा घिमिरे पौडेल, कृषि ज्ञान केन्द्रका प्रबिन पौडेल सन्धिखर्क
नगरपालिका बडा न ७ का वडा सदस्य डुकलाल पोख्रेल ,अर्घाखाँची डटकमका प्रतिनिधि केशब घिमिरे लगायत स न पा वडा नं. ६,७,९र १०का ३० जना कृषकको उपस्थिति रहेको थियो।