-सन्तोष सुनार ,अर्घाखाची ।
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वाड न ७ मा पर्ने देउराली टोल सदरमुकामबाट २ किलो मिटरमा रहेको भएता पनि आज सम्म यातायातको सुबिधाबाट बन्चित रहेको थियोे । बजार क्षेत्र नजिकै भएपनी बिरामी हुँदा र बालबालिकाहरु बिधालय जान अत्यन्तै सागुरो र गोरेटो बाटोबाट हिंड्न बाध्य थिए ।
दलित र जनजाती गरि झन्दै १०/१२ घर मिलेर बस्ती बसेको टोलमा शिक्षा र प्रतिनिधित्वको कमि रोजगारी पनि नभएकाले आफ्नो जिविका चलाउनको लागी बिदेश जानू पर्ने बाध्यताका कारण धेरै जसो सरकारबाट आउने र मिल्ने सेवा सुबिधाबाट बन्चित भएको स्थानीयहरुको भनाइ छ ।
बाटोको लागि स.न.पा सात का युवा समाजसेवि सुनिल के. सि लगायतका स्थानिय युवाहरुको पहल कदमिमा अहिले गाउमा बाटो जादै छ।
नयाँ ट्र्याक खोल्नको लागि वार्डबाट बजेटको ब्यवस्थापन भएको हो। बजेटको ब्यवस्थापन गरि सहयोग गर्ने ,स्थानीय निकाय, जनप्रतिनिधि , समाजसेवि ब्यक्तीहरुलाइ स्थानीयहरुले बिशेष धन्यवाद दिएका छन।