अर्घाखाँचीको शितगंगा ७ जलुके को नव निर्मित वडा कार्यालय प्रशासकिय भवन उद्घाटन :


अर्घाखाँची

शितगंगा ७ को नयाँ वडा कार्यालय भवनबाट सेवालिन पाउँदा यहाँका स्थानीय बासिन्दा खुसी भएका छन् । करिव २ रोपनी वडाकै जग्गामा ३ कोठे भवन बनेपछि सेवाग्राही खुसी भएका हुन् ।
सोमबार एक सामारोह बिच नगरप्रमुख छबिलाल पौडेल , उपप्रमुख गिता भाट र प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले संयुक्तरूपमा पानसमा दिप प्रज्वलन गरि रिवन काटेर नव निर्मित वडा कार्यालय भवनको उद्दघाटन गर्नु भएको छ । अघिल्लो ५ बर्षे कार्यकालमा जनप्रतिनिधिले भवन निर्माणको योजना अगाडि सारेका थिए ।

भवन निर्माणको काम पछिल्लो नयाँ जनप्रतिनिधि आएको करिव एक बर्ष भित्रमा सम्पन्न भएको छ । करिव ३२ लाख रकम खर्चेर भवन निर्माणको काम सम्पन्न भएको वडा अध्यक्ष देबिराम घिमिरेले बताउनु भयो । जलुके वडा कार्यालय परिसर नजिकै स्वास्थ्य चौकीको जिर्ण भवनबाट स्वास्थ्यकर्मीले सेवा दिदै आएका छन् । स्वास्थ्य चौकिको सुविधा सम्पन्न भवन नहुदा सेवा प्रभावकारी हुन सकेको छैन । उता बर्षौ देखि प्रहरी चौकीको आफ्नै भवन नहुदा भाडामा प्रहरी बस्दै आएका छन् । स्थानिय एक जग्गादाताले प्रहरी चौकिको भवन निर्माणका लागि आवश्यक जग्गा प्रहरी चौकीलाई हस्तान्तरण गरेपनि प्रयाप्त बजेटको अभावमा अझै प्रहरी चौकीको भवन निर्माण हुन सकेको छैन ।

images

अन्य समाचारहरु