-डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची । पाणिनि गाँउ पालिका वडा नं ३ स्थित दुर्वाशेस्वर मावीमा पाणिनि गाँउ पालिका कृषिशाखा प्रमुख मेघराज पौडेलका वुवा चुन्न प्रसाद पौडेलको दोस्रो स्मृति दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरणकार्यक्रम सम्पन्न गरिएको छ ।
डिआरजी सुमन फ़ैन्स कल्व नेपाल को समन्वय तथा पाणिनि गाँउ पालिका कृषिशाखा प्रमुख मेघराज पौडैल र भाई तुल्सीराम पौडेलको आर्थिक सहयोगमा वुवा दुर्वाशेस्वर मावि का १४ जना विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री ड्रेस,झोला,कापी र पेन उपलब्ध गराईएको छ ।
पाणिनि गाँउ पालिका वडा नं ३ दुर्गाफाँट स्थित दुर्वाशेस्वर मावी मा अध्ययनरत विद्यार्थीहरु मध्ये पारिवारिक अवस्था कमजोर र आर्थिक स्थिति दयनिय भएकै कारण समस्या परेर विद्यालय आउने वातावरण नै नहुने ख़तरवाट वचाउने उद्देश्यले स्वतन्त्र पत्रकार डिआरजी सुमनको आग्रहमा विद्यालयले तदनुसार १४ जना विद्यार्थीको नामावली उपलब्ध गराएको थियो ।
मानवीयता निष्पक्षता र पत्रकारिता मार्फ़त डिआरजी सुमन फ़ैन्स कल्व नेपाल द्वारा सकारात्मक सामाजिक गतिविधि विस्तार भएसँगै आफुले पनि वुवाको स्मृति दिवसमा
सामाजिक सेवामुलक कार्य गर्ने वचन दिएका पाणिनि गाँउ पालिका कृषि शाखा प्रमुख मेघराज पौडैलको आर्थिक सहयोगमा १४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको हो ।
पाणिनिको दुर्वाशेस्वर मावीमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा पाणिनि गाँउ पालिका वडा नं ६ निवासी चुन्न प्रसाद पौडैलको छोरा तथा पाणिनि गाँउ पालिका
कृषि शाखा प्रमुख मेघराज पौडेल र उहाको भाई तुल्सीराम पौडेल,दुर्वाशेस्वर माध्यमिक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भरत पुनः,डिआरजी सुमन फ़ैन्स कल्व
नेपाल का महासचिव नेत्र नेपाली,कोषाध्यक्ष श्यामलाल पौडेल,व्यवस्थापक माधव प्रसाद अर्याल,पाणिनि गाँउ पालिका पशुपक्षी शाखा प्रमुख कृष्ण प्रसाद घिमिरे,दुर्वाशेस्वर मावि का प्रधानाध्यापक विक्रम सुनार,विद्यालयका शिक्षक र विद्यार्थीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
थप तस्बिर : डिआरजी सुमन, अर्घाखाँची ।