मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्यो भक्तपुर अस्पताल

11

भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नजरमा भक्तपुर अस्पताल यस बर्षको नै सर्बोत्कृष्ट अस्पताल बन्न पुगेको हो।

1

न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्यांकनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सरकारी मूल्यांकन टोलीले अवलोकन तथा मूल्यांकन पछि सो घोषणा गरिएको हो।

भक्तपुर अस्पताल भयो, मुलुककै सर्वोत्कृष्ट अस्पताल

सो नतिजापछि खुसी लागेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमले बताइन्। अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीहरूको संयुक्त मेहनतको कारण अस्पताल मुलुकको सर्वोत्कृष्ट हुन सकेको उनले जनाएकी छिन्।

उनले सो अस्पतालमा मेहनतका साथ काम गर्ने सबै कर्मचारीलाइ धन्यवादसमेत दिएकी छिन्।

Nepal Telecocme