-केशवराज ज्ञवाली ,अर्घाखाँची डटकम ।
सन्धिखर्क -७ फुदवाङमा बिशेष नापि टोलिबाट नापजाँच गरि पास गरिएका नया जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्लाका अधिकांश क्षेत्रका जग्गाधनिहरुले पुर्जा पाइसक्दा पनि त्यस क्षेत्रका जग्गाधनी प्रमाण पुर्जा स्थानियहरुले पाउन सकेका थिएनन । वार्डको भिम्मले ,भैसिमेला क्षेत्रमा भएका जग्गा विवरणमा समस्या आएका कारण यस क्षेत्रको पुर्जा वितरणमा केही ढिलाइ भएको वार्ड कार्यालयले जनाएको हो ।
स शस्त्र माओबादी युद्दका कारण जिल्लामा भएका नक्साहरुको अभिलेख जलेको र जग्गाको विवरण आधुनिक डिजिटल प्रबिधिमा राख्ने भन्दै अर्घाखाँची लगायतका जिल्लाहरुमा आर्थिक बर्ष २०७३/७४ मा विशेष नापी कार्यालय स्थापना गरि डिजिटल नापनक्सा लिन सुरु गरिएको थियो ।
पुरानो जग्गाधनी पुर्जामा रोपनी , आना एकाइ रहेको जग्गाको बिशेष नापीबाट नया नापजाँच गरि दिएको पुर्जामा जग्गाको क्षेत्रफलको एकाइ बर्ग मिटर राखिएको छ ।जग्गाधनी पुर्जा बितरण कार्यक्रममा सन्धिखर्क ७ का वार्ड अध्यक्ष चुरा बहादुर के .सी सहीत सम्पूर्ण जनप्रतिनिधी , बिशेष नापिका कर्मचारी पत्रकार स्थानिय लगायतको उपस्थिती रहेको थियो ।
साविकको २ देखी ८ सम्मका वार्डअका जग्गाधनिहरुलाई आज बितरण गरी साविकको १ र ९ वडाकालाइ भोली खाची मैदानमा बितरण गरिने नापी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जग्गाधनी पुर्जा पाए पछी त्यस क्षेत्रका स्थानिय हर्षित छन।
थप तस्बिर: