प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय विदेश राज्यमन्त्री लेखीद्वारा स्वागत

 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका क्रममा राजधानी नयाँदिल्लीमा अवतरण गरेका छन्। उनलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन्।

prachanda india (3)1685527962.png

भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी लेखी ७ जुलाई २०२१ देखि भारतीय विदेश राज्यमन्त्रीको भूमिकामा छन्। भारतीय विदेशमन्त्रीका  रुपमा एस जयशंकर कार्यरत छन्।

प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दल अहिले दिल्लीस्थित होटलमा पुगिसकेको छ।

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय विदेश राज्यमन्त्रीद्वारा स्वागत

प्रचण्डलाई स्वागत गर्न राज्यमन्त्री लेखीसहित भारतीय विदेश मन्त्रालयका अधिकारीहरू विमानस्थलमा पुगेका थिए। प्रचण्डलाई स्वागतका लागि भारत सरकारले विशेष सांस्कृतिक झाँकीसहितको टोली पनि विमानस्थलमा पठाएको थियो।

प्रचण्ड चारदिने भारत भ्रमणका लागि बुधबार दिउँसो १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ दिल्ली प्रस्थान गरेका थिए।

प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गरेका थिए।

images